Posts

संगठित संस्थाको अपराधिक दायित्व

Image
  संगठित संस्थाको अपराधिक दायित्व प्राकृतिक व्यक्ति भन्दा नितान्त फरक हुन्छ कानूनी व्यक्ति । कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भएपछि मात्र कानूनी व्यक्तिले सक्षमता प्राप्त गर्छ । कानून बमोजिम स्थापित संस्था नै  संगठित संस्था हो । विभिन्न उद्देश्य लिई स्थापना हुने फर्म, कम्पनी वा संस्था समग्रमा सबै संगठित संस्था हुन् । यस्ता संस्थाको कार्य सम्पादन तथा व्यवस्थापनको लागि एक सञ्चालक समिति, आवश्यक  कर्मचारी तथा पदाधिकारीहरुको समेत व्यवस्था गरेको हुन्छ । कानूनले नै संस्थाको दायित्व निर्धारण गरेको हुन्छ । तिनीहरुले गरेको कामको दायित्व संस्थाले वहन गर्नु पर्छ । कानूनी रुपमा अर्को व्यक्तिले गरेको कामको दायित्व वहन गर्नु परदायित्व हो । यही मान्यता अनुरुप संस्थाको काममा कर्मचारीले गरेको फौजदारी कसूरको दायित्व संस्थाले समेत वहन गर्नु पर्ने हुन्छ । यसै आधारमा संगठित संस्थाको अपराधिक दायित्वको विकास भएको हो ।  संगठित संस्थाबाट भएको फौजदारी कसूरमा हुने सजायँ र त्यस वापत वहन गराइने दायित्वको विषय नै संगठित संस्थाको अपराधिक दायित्व हो । दायित्व वहन गराउँदा अपराधिक मनसाय र कार्यको ...

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

Image
विषय प्रवेश  नेपाल हिन्दू धर्माबलम्वीहरुको बाहुल्यता रहेको देश हो । देशमा बस्ने सबै हिन्दू धर्म मान्ने मानिसहरुले विभिन्न देवदेवीको मन्दिरमा पूजा गर्ने, विभिन्न शक्तिपीठहरुमा पशुपंक्षी बलि दिने गरेका छन् । आदिवासी समुदायमा कुलदेवीको पूजामा पनि पशु बलि दिने प्रचलन रहेको छ । नेपाली समाजमा दशैंमा देवी मन्दिर लगायत पूजाघरमा अधिक पशु बलि दिई मान्ने प्रचलन रहेको छ । त्यसैले जब जब दशैं शुरु हुन्छ, तब तब देशमा पशु बलिको कुरा उठ्न थाल्छ । दशैं नजिकिदै गर्दा बलिको विषयमा आवाज उठ्न थाल्छन्, विरोध प्रदर्शनका कार्यक्रम पनि शुरु हुन थाल्छन् । बलिको विषयमा लेख लेख्ने, समाचार छाप्नेहरु पनि सक्रिय हुन थाल्छन् । त्यतिबेला कानून निर्माताहरुलाई बलि आवश्यक हो कि होइन भन्दै सोच्न बाध्य हुन्छन् । कतिपय अहिंसावादीले पशु बलि जस्तो क्रुर कार्य रोकिनु पर्छ, यो हिंसाको प्रतिक हो भन्दै आवाज उठाउने गरेका छन् । त्यस्तै कतिपय धर्मशास्त्र प्रति आस्थावान व्यक्तिले यो शास्त्रीय मान्यता रहेकोले रोकिन नसक्ने भन्दै आएका छन् । जसले जे जस्तो तर्क गरेता पनि विभिन्न वहानामा हुने पशु बलि रोकिएको छैन ।  बलिको अर्थ ...

म मान्छे भएको छु

Image
मान्छेको मन चिन्न नसके नि धनले किन्न जानिसकें । सोझालाई जालझेलमा पारी  मज्जाले लुट्न जानिसकें ।  मुखले रामको नाम जपी बगलीमा छुरा बोक्न जानिसकें । बल्ल आज म मान्छे भएको छु । लाज पचाएर राजनीति गर्न जानिसकें ।  अख्तियारको आँखा छलेर कमिशनले टन्न ढुकुटी भर्न जानिसकें ।  दुई चार जना विचौलिया पालेर न्यायलाई किनबेच गर्न जानिसकें । बल्ल आज म मान्छे भएको छु । सुटुक्क अरुको गाँस खोस्न जानिसकें । फिरौटी, चन्दा असुलेर  आफ्नो लाज ढाक्न जानिसकें । आफ्नो हितको लागि   अरुको सामु लुरुक्क पर्दै झुक्न जानिसकें ।  बल्ल आज म मान्छे भएको छु । आफ्नै माटो बेचेर दलाली दस्तूर असुल्न जानिसकें । हाकिम सा’बलाई रिझाएर सरकारी ठेक्का हात पार्न जानिसकें । बाटो भास्सिए नि, पुल भाँचिए नि  आपूmलाई कुशल ठेकेदार मानिसकें । बल्ल आज म मान्छे भएको छु । शैक्षिक प्रमाणपत्र किनेर विव्दान भइसकें । सबैतिर ज्यू, हजूर गर्दै  चाकरी बजाउन जानिसकें । अरुको अधिकार खोसेर आफन्तजनलाई पोस्न जानिसकें । बल्ल आज म मान्छे भएको छु । अरुको जयकार गरी बोल्न पनि जानिसकें । नीति, नियमलाई बङ्ग्याएर...

ऋण असुलीको कानूनी प्रक्रिया

Image
  अठारौं शताब्दीमा बेलायतमा भएको ठूलो औद्योगिक क्रान्ति पछि त्यहाँको सामाजिक जीवन र अर्थतन्त्रमा ठूलो परिवर्तन आएको देखिन्छ । औद्योगिक क्रान्तिको परिणाम स्वरुप सन् १८५२ बाट सहकारीको जन्म भएको थियो । नेपालमा वि.सं. २०१० मा कृषि मन्त्रालय मातहत सहकारी विभागको स्थापना भएपछि औपचारिक रुपमा सहकारीको संस्थागत विकास भएको पाइन्छ । सहकारी क्षेत्रलाई कानून बनाई व्यवस्थित गर्न सर्वप्रथम सहकारी संस्था ऐन, २०१६ र नियमावली, २०१८ जारी भए । पछि कानूनद्वारा ‘सहकारी विकास बोर्ड’को गठन भई सहकारीको कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहकारी ऐन, २०४८ र नियमावली, २०४९ ल्याइयो । त्यसपछि सहकारी संस्था स्थापना हुने क्रममा तीब्रता आउन थाले ।  अहिले देशमा बचत तथा ऋण, बहुउद्देश्यीय, दुग्ध, कृषि, उपभोक्ता जस्ता तीस हजार भन्दा बढीको संख्यामा सहकारी संस्थाहरू स्थापना भएका छन् । सहकारीहरूले आर्थिक तथा सामाजिक विकासमा नयाँ लक्ष्य हासिल गर्न सफल भएको छ । समाजमा रोजगारको सृजना, उद्यमशीलताको विकास, बजार व्यवस्थापन सुपथ मूल्यमा कृषि मल, बीऊ वितरण जस्ता कार्यमा अहिले सहकारी संस्थाहरू लागिपरेका छन् । सबै सहकार...

ढाका कपडा ः इतिहास र वर्तमान

Image
  ‘ चोली राम्रो पाल्पाली ढाकाको’ र ‘ढाका टोपी शीरैमा’ बोलको यी दुई नेपाली गीतमा ढाका कपडाको वर्णन गरेकोबाट यसको महत्व झल्किन्छ । नेपालमा उत्पादन हुने ढाका कपडा र यसबाट निर्मित विभिन्न सामाग्रीहरु देशको पहिचान बनिसकेको छ । पछिल्लो समय ढाका कपडाबाट बनाइएका विभिन्न पहिरन, जुत्ता, झोला, ब्याग आदिले नेपाली बजारमा प्रवेश पाएको छ । विभिन्न धार्मिक, सामाजिक कार्यक्रममा अहिले ढाका कपडाको पहिरनले निकै चर्चा पाएको छ । परम्परागत पहिरनका साथै आधुनिक पहिरन बनाउनमा पनि ढाका कपडा प्रयोग हुन थालेका छन् ।  ढाका कपडा र परम्परागत पहिरन नेपालमा उत्पादित ढाका कपडा बंगलादेशको ‘जमदानी ढाका’संग मिल्ने गरेको इतिहास छ । यो कपडा अंग्रेज शासित पूर्वी बंगाल हुँदै नेपाल आइपुगेको अनुमान गरिएको छ । सन् १९५० को दशकको अन्ततिर पाल्पाका गणेशमान महर्जनले ढाका (त्यतिबेलको पूर्वी पाकिस्तान) यात्राको क्रममा मुस्लिमहरुले लगाएको जमदानी सारीबाट प्रभावित भएर उनैले पाल्पा भित्र्याएको र कपासको धागो प्रयोग गरी हाते तानमा ढाका कपडा बुन्न थालेको इतिहास पढ्न पाइन्छ ।  वि.सं. २०१७ सालमा ४ ओटा हाते तानमा कपडा बुन्न थालेको क...

देवाली पूजा ः कुललाई सम्झने परम्परा

Image
ने पालका आदिवासी, जनजाति कहलिएका नेवाः समुदाय भित्र परापूर्वकालदेखि दिगुद्यो मान्ने परम्परा रहँदै आएको छ । देगुद्यो, दिगिद्यो, दिगुद्यो आदि नामबाट नेवाः समुदायमा वार्षिक रुपमा पूजाआजा गरिन्छ । यस किसिमको पूजालाई देगुपूजा वा दिगिपूजा वा दिगुपूजा भन्ने गरिन्छ । खस भाषामा दिगुद्योलाई कुलदेवता भन्ने गरिन्छ । आफ्नो कुलको देवता भएको र यसलाई नेवाः समुदायमा पूजिने हुनाले कुलदेवता भन्ने गरेको धारणा रहेको छ । अहिले नेवाः समुदाय भित्र आफ्नो कुलको सबै परिवार, आफन्तजन मिलेर कुलदेवताको पूजा गर्ने परम्परा अद्यावधिक रुपमा रहँदै आएको छ । आफ्नो कुललाई सम्झने परम्पराको रुपमा यसलाई मान्दै आएका छन् । अरु जातिय समुदायमा पनि कुलपूजा गर्ने गरेको पाइन्छ । अहिले यो पूजालाई देवाली पूजाको रुपमा चिनिने गरेको छ । त्यस्तो पूजा गर्दा कुलदेवतालाई बोका बलि दिने गरिन्छ । कसै कसैले हाँस पनि बलि दिई पूजा गर्ने गरेको पाइन्छ ।  कुलदेवता कुलको रक्षक हो । यो देवता अरु सबै देवता भन्दा फरक हुने गर्छ । सोही देवतालाई सम्झी पूजा गर्ने परम्परा नै कुलपूजा हो । नेवाः समुदायमा हरेक वर्ष आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायुको कामना...

सम्पदाको उचित संरक्षण र दीगो विकास

Image
नेपाल बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र भएको कुरा नेपालको संविधानले स्वीकार गरेको छ । मानिसहरूले परम्परादेखि अंगाल्दै आएका धार्मिक, साँस्कृतिक क्रियाकलापसंग मानवीय सभ्यता र सम्पदाको विषय जोडेर आउने गरेको छ । मानवीय सभ्यताको विकास गर्ने क्रममा पूर्खाहरूले विभिन्न कालखण्डमा आफ्नो ज्ञान, सीप, कौशलको प्रयोग गरी बनाइएका विभिन्न मठ, मन्दिर ढुङ्गेधारा, पाटी, सत्तल, चैत्य, गुम्बा, दरबार आदिले देशलाई सम्पदाको धनी बनाएको छ । त्यस्तै प्रकृतिका अनुपम उपहारको रुपमा रहेको जल भण्डारलाई पूर्खाहरूको मिहिनेत, ज्ञानले ताल, तलाउ, पोखरी, कुलो, ईनार बनाई मानव जीवनको रक्षा गर्ने अतुलनीय काम भएको छ । लिच्छवि, मल्लकालदेखि नै देशमा गुठीको स्थापना गरी यस्ता सम्पदा र संस्कृतिको संरक्षण सामूहिक रुपमा गर्नु पर्ने पाठ सिकाएको छ । सम्पदा देशको अमूल्य सार्वजनिक सम्पत्ति हुन् । यस्ता सम्पदा देशमा अनगिन्ती रहेका छन् । उपत्यकाको तीन शहर काठमाण्डौं, ललितपुर, भक्तपुरमा थुप्रै किराँत, लिच्छवि, मल्लकालदेखिका सम्पदा तथा तिनका भगनावशेषहरू रहेका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा परेका बौद्ध, स्वयम्भु, चाँगुनारायण मन्दिर, पश...