नेपालमा थुप्रै निजी तथा सार्वजनिक कम्पनीहरू स्थापना भई कार्यरत रहेका छन् । निजी कम्पनीले निश्चित रकम सरकारलाई राजस्व तिरेर नाफा आफै राख्छन् । सार्वजनिक कम्पनी निश्चित रकम सरकारलाई राजस्वको रुपमा तिर्छन् र नाफा घाटा सर्वसाधारण लगानीकर्तालाई पनि बाँड्ने गर्छन् । यस्ता कम्पनीहरू निश्चित कानून भित्र रहेर सञ्चालन हुने गर्छन् । देशमा यस्ता अघोषित कम्पनी पनि छन्, जसको सञ्चालनबाट लाखौं, करोडौं रकम बिना लगानी आफूहरू मात्रै कुम्ल्याउँछन् । देशको ढुकुटीमा चानचुन पैसा पनि जाँदैन । ढुकुटीमा भएको रकम रित्याई देशलाई ऋणमै डुबाउँछन् । ढुकुटीको रकम जसरी हुन्छ, सातपुस्तासम्मको लागि पुग्ने गरी कुम्ल्याउँछन् । त्यो जल्दोबल्दो कम्पनी हो – भ्रष्टाचार कम्पनी । देशको ढुकुटीको धनसम्पत्ति मनोमानी ढङ्गले प्रयोग गरी आफैंले आफ्नो लागि वा आफ्ना आफन्त, ईष्टमित्रको लागि मात्र सम्पत्ति जोड्ने, जनताको खल्तीबाट रकम तान्ने हुँदा भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेडको नामाकरण गर्दा फरक नपर्ने देखिन्छ । आर्थिक कारोबार तथा विकास निर्माणको काम बढी हुने कार्यालय, विभाग, मन्त्रालय, संस्थानमा बढी मात्रामा भ्रष्टाचार कम्...
Comments
Post a Comment