विषय प्रवेश नेपाल हिन्दू धर्माबलम्वीहरुको बाहुल्यता रहेको देश हो । देशमा बस्ने सबै हिन्दू धर्म मान्ने मानिसहरुले विभिन्न देवदेवीको मन्दिरमा पूजा गर्ने, विभिन्न शक्तिपीठहरुमा पशुपंक्षी बलि दिने गरेका छन् । आदिवासी समुदायमा कुलदेवीको पूजामा पनि पशु बलि दिने प्रचलन रहेको छ । नेपाली समाजमा दशैंमा देवी मन्दिर लगायत पूजाघरमा अधिक पशु बलि दिई मान्ने प्रचलन रहेको छ । त्यसैले जब जब दशैं शुरु हुन्छ, तब तब देशमा पशु बलिको कुरा उठ्न थाल्छ । दशैं नजिकिदै गर्दा बलिको विषयमा आवाज उठ्न थाल्छन्, विरोध प्रदर्शनका कार्यक्रम पनि शुरु हुन थाल्छन् । बलिको विषयमा लेख लेख्ने, समाचार छाप्नेहरु पनि सक्रिय हुन थाल्छन् । त्यतिबेला कानून निर्माताहरुलाई बलि आवश्यक हो कि होइन भन्दै सोच्न बाध्य हुन्छन् । कतिपय अहिंसावादीले पशु बलि जस्तो क्रुर कार्य रोकिनु पर्छ, यो हिंसाको प्रतिक हो भन्दै आवाज उठाउने गरेका छन् । त्यस्तै कतिपय धर्मशास्त्र प्रति आस्थावान व्यक्तिले यो शास्त्रीय मान्यता रहेकोले रोकिन नसक्ने भन्दै आएका छन् । जसले जे जस्तो तर्क गरेता पनि विभिन्न वहानामा हुने पशु बलि रोकिएको छैन । बलिको अर्थ ...
नेपालमा थुप्रै निजी तथा सार्वजनिक कम्पनीहरू स्थापना भई कार्यरत रहेका छन् । निजी कम्पनीले निश्चित रकम सरकारलाई राजस्व तिरेर नाफा आफै राख्छन् । सार्वजनिक कम्पनी निश्चित रकम सरकारलाई राजस्वको रुपमा तिर्छन् र नाफा घाटा सर्वसाधारण लगानीकर्तालाई पनि बाँड्ने गर्छन् । यस्ता कम्पनीहरू निश्चित कानून भित्र रहेर सञ्चालन हुने गर्छन् । देशमा यस्ता अघोषित कम्पनी पनि छन्, जसको सञ्चालनबाट लाखौं, करोडौं रकम बिना लगानी आफूहरू मात्रै कुम्ल्याउँछन् । देशको ढुकुटीमा चानचुन पैसा पनि जाँदैन । ढुकुटीमा भएको रकम रित्याई देशलाई ऋणमै डुबाउँछन् । ढुकुटीको रकम जसरी हुन्छ, सातपुस्तासम्मको लागि पुग्ने गरी कुम्ल्याउँछन् । त्यो जल्दोबल्दो कम्पनी हो – भ्रष्टाचार कम्पनी । देशको ढुकुटीको धनसम्पत्ति मनोमानी ढङ्गले प्रयोग गरी आफैंले आफ्नो लागि वा आफ्ना आफन्त, ईष्टमित्रको लागि मात्र सम्पत्ति जोड्ने, जनताको खल्तीबाट रकम तान्ने हुँदा भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेडको नामाकरण गर्दा फरक नपर्ने देखिन्छ । आर्थिक कारोबार तथा विकास निर्माणको काम बढी हुने कार्यालय, विभाग, मन्त्रालय, संस्थानमा बढी मात्रामा भ्रष्टाचार कम्...
ललितपुरको लगनखेलबाट झण्डै १६ कि.मी. दक्षिणमा रमणीय उपत्यका लेले रहेको छ । शिवदेव, अंशुवर्माको सम्वत् ५२६ को माझटोलमा रहेको अभिलेखमा यो बस्तीलाई ‘लेम्बटीद्रंग’ भनी सम्बोधन गरिएको छ । देवमाला वंशावलीमा उल्लेख भए अनुसार नेपाल सम्वत् ६३३ सालमा राजा रत्न मल्लले ३ सय घरको शहर बसाई दिएको देखिन्छ । ‘लेम्बटीद्रंग’ नै पछि गएर लेले हुन गएको हो की भनी अर्थ लगाउन सकिन्छ । उक्त अभिलेख अनुसार यस ठाउँ लिच्छविकालमै विकसित बस्तीको रुपमा रहेको देखिन्छ । प्राकृतिक दृष्टिले रमणीय हरिया डाँडाको बीचमा उर्बरा भूमि रहेको लेले धार्मिक एवम् साँस्कृतिक सम्पदाको समेत धनी छ । लिच्छविकालिन बस्ती लेलेमा हिन्दु धर्मसंग प्रत्यक्ष सरोकार राख्ने मन्दिर, शिवालयहरु रहेका छन् । हिमवत्खण्डमा चौसठी लिङ्ग मध्येमा उल्लेखित तिलेश्वर, चम्पकेश्वर र रामेश्वर यसै ठाउँमा रहेको छ । तिलेश्वरको उत्तरतर्फ चतुर्मुखी शिवलिङ्ग सहितको मन्दिर रहेको छ । सम्वत् ७८९ को शिलालेख अनुसार श्री निवास मल्लको शासनकालमा यहाँ श्री ३ शिवहरिश्वर लिङ्ग प्रतिस्था गरेको देखिन्छ । धार्मिक रुपले प्रसिद्धी पाएको जयकुमारी, बालकुमारी, टिकाभैरब, मन...
Comments
Post a Comment