निस्सासिएकी इक्षुमती

इक्षुमती तिमी धेरै वर्ष देखी 

हराइरहेकी थियौ काठमाण्डूमा। 

कुनै बेला मलाई पनि लागेको थियो

तिमी बिच बाटोमा हराउन पुगेको छ। 

मान्छेहरु पनि भित्ताको तस्विरको पात्र झै

मौन थिए। 

तिम्रो पिडाको बारेमा बोल्ने 

कोही थिएन  । 

आफ्नै धुनमा मस्त थिए सबै। 

खोज्ने फुर्सद थिएन कसैलाई

तिमी कता हराएकी थियौ भनेर। 

आज खोजी भयो तिम्रो 

धेरै वर्ष पछि। 

_फोटो फेसबुकबाट साभार 

जमिनमुनी डबिएर बसेको,

निस्सासिएर बगिरहेको अवस्थामा 

भेटाए महनगरले सिनेमा घरमुनि। 

तिम्रो छातिमा टेक्दा पनि

चुपचाप सहन वाध्य थियौ । 

अध्यारोबाट मुक्त हुने भयो। 

आकाश देख्न पाइने भयो । 

अबिरल बग्न पाउने  भयो

आफ्नो बाटोमा । 

मात्र बाकी छ अब 

तिम्रो छातिमा टेकेर बनाइएका 

मान्छेका अग्ला घरहरु भट्काउन। 

विस्तारै कानूनको नजर 

त्यतातिर पनि पुग्नेछ । 

त्यतिबेला निस्सासिएकी इक्षुमती 

साच्चिकै बन्धनबाट मुक्त हुनेछ । 

      _____



Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड