चापागाउँको इतिहासलाई नियाल्दा

 

इतिहास भन्नासाथ पुराना कुराहरु खोज्नु पर्ने बुभ्mनु पर्ने विषय हो भन्ने कुरा सबैलाई विदितै इतिहास विषय विद्यालयदेखि कलेजसम्म पनि सबैले धेरैथोरै पढेका होलान् हुन इतिहासको बारेमा कमैको मात्र रुचि हुन्छ कमैले मात्र यस विषयमा बुझ्ने चेष्टा गर्छन्   तर आपूmलाई इतिहास विषय गाह्रो नै लाग्थ्यो विगतमा त्यति पढ्न मन नलाग्ने विषयमा आज रुचि जागेको कारणले होला, यो लेख लेख्नु अघिसम्म इतिहास किन पढ्ने शीर्षकको एउटा लेख (नयाँ पत्रिका दैनिक, २०७९ जेठ २८, शनिबार) पनि पढ्न भ्याएँ उक्त लेख पढ्दा लाग्यो कि आफूले पनि इतिहासको बारेमा बुझ्ने प्रयास गरेको सही लागेको अहिलेको समयमा चापागाउँ वरपरको इतिहास खोज्न लिपीबद्ध गर्नको लागि खोज्दै गर्दा विगतका नयाँ नयाँ तथ्यहरु एकपछि अर्को गरी पत्तालाग्दा खुशी नै लागेको तर विगतको इतिहास खोतल्न त्यसलाई बाहिर ल्याउन भने लामो कसरत गर्नु पर्ने देखिएको

के हो इतिहास शब्दको शाब्दिक अर्थ भनी हेर्दा यो ग्रीक शब्दबाट आएको देखिन्छ ग्रीक शब्द हिस्टोरियाबाट अपभ्रंश भई अंग्रेजीमा हिस्टोरी शब्द बन्न गएको हो हिस्टोरियाको अर्थ ह्वाट ह्याज एक्चुल्ली ह्यापेन्ड इन पास्ट भन्ने हुन्छ नेपालीमा अर्थ गर्दा यसलाई इतिहास भनी बुझ्ने गरिन्छ

देश, समाज त्यहाँ बस्ने मानिसको विगतदेखि वर्तमानसम्म बुभ्mनलाई इतिहास सबैले जान्नु जरुरी यस भित्र मानिसको शुरुवातदेखि वर्तमानसम्मका सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक अवस्था तथा घटनाक्रमलाई बुभ्m सजिलो हुन्छ इतिहास जानेका व्यक्तिले नयाँ विषयमा सजिलै खोजी गर्न   खोजी गरेका विषयलाई भावी पुस्ताका लागि लिपीबद्ध गरेर राख्न सक्षम हुन्छ त्यसैले मानिसले कमसे कम आफ्नो थातथलो वरपरको इतिहासलाई जाने, बुझेको खण्डमा भविष्यको लागि त्यो उपयोगी सावित हुनेछ   

अहिलेको अवस्थामा चापागाउँको इतिहास बुभ्mने त्यसलाई सम्झन सक्ने स्थानीय व्यक्ति कमै छन् कोही अध्येताले चापागाउँको विगत तिथिमिति नै गलत हुने गरी इतिहासको बारेमा लेख्ने, बोल्ने गरेका छन् भने कसैले सतहमा मात्र रहेर इतिहासका कुरा गर्ने गरेका छन् यहाँको इतिहासलाई जान्न गहिरिएर अध्ययन गर्नु जरुरी यहाँको बस्ती विकासको इतिहासलाई नियाल्दा, लिच्छविकालिन राजा शिवदेव प्रथमको शासनकालमा चापागाउँमा रहेका साना वस्तीलाई मिलाएर स्थरुद्रंग नामाकरण गरी व्यवस्थित बस्ती बसालेको देखिन्छ यहाँ विभिन्न जातजातिको माछामा कर लगाउने गरी कर प्रथाको शुरुवाट गरेको देखिन्छ यी कुराहरु अंकित गरिएको शिलापत्र अहिले चापागाउँ बजारको मूलसडक छेउमा सुरक्षित राखिएको तर शिलापत्रको अक्षरहरु अहिले नचिनीने धूलोले ढाकिएको अवस्थामा रहेको यो शिला अभिलेखको बारेमा अहिले पनि स्थानीयबासीसंग सोधपुछ गर्दा धेरै पहिले जातजातिको विषयमा नराम्रो कुरा उल्लेख गरेको कारण यो शिला अभिलेखलाई फुटाउने, नष्ट गर्ने प्रयास भएको कुरा सुनाउने गरेका छन् अभिलेखको वास्तविकता नबुझेको कारण यस्तो स्थिति आएको हुन सक्छ

                                    लिच्छविराजा शिवदेव प्रथमको अभिलेख

                    चापागाउँ

चापागाउँकै एकुटोलमा रहेको तीनमुख, चार हात भएको, कमलासनमा बसेको ब्रम्हाको कलात्मक मूर्तिमा अनिक गुप्त कुवेर गुप्तको नाम अंकित गरेको यसलाई आधार मान्ने हो भने पनि लिच्छवि राजा वसन्तदेवको शासनकालमा यहाँ मानिसको बस्ती बसिसकेको कुराको पुष्टि हुन्छ यो मूर्ति पनि धेरै पटक चोरी गर्ने प्रयास भएकोले फलामको रेलिंग लगाई सुरक्षित गरिएको यो मूर्ति धेरै पहिले जरुँहिटीमा रहने गरेको इतिहासको अध्ययनबाट देखिन्छ

चापागाउँमा विभिन्न कालखण्डमा बस्ती विकास भएको देखिन्छ लिच्छविकालिन बस्ती लामो समयको अन्तरालमा आएर मल्लराजा रत्न मल्लको समयमा सातसय घरको बस्ती बसाई विभिन्न व्दार (ढोका) बनाई किल्लाको रुप दिई वादेय् नामबाट नगरको विकास गरेको देखिन्छ उनै राजाको एक छोरा फाल्न ल्याएको कारणले ठाउँको नाम वादेय् वा वादेश रहन गएको कुरा देवमाला वंशावलीमा प्रष्ट उल्लेख गरिएको राज मल्ल कथे मल्लले ने.संं ७११ तिर व्दैध शासन चलाएको चम्पापुरमा विभिन्न थिति बसालेको अभिलेखबाट देखिन्छ पछि यही वादेय् चम्पापुर रहन गएको कुरा यहाँ रहेका विभिन्न अभिलेखबाट प्रष्ट हुन्छ अहिले चापागाउँ नाम सबै माझ परिचित रहेको , जुन गोदावरी नगरपालिकाको हिस्सा बन्न गएको

चापागाउँमा एकसय वर्ष नाघेका ननाघेका थुप्रै शिलालेखहरु बस्ती भित्र रहेका मठ, मन्दिर, चैत्य, विहार, पाटी, जरुँहिटीमा रहेका छन् यसलाई पढ्ने, जान्ने फुर्सद कमैलाई यी अभिलेख अहिले भित्तामा टाँसिने अडिने वस्तु मात्र बनेको यस्ता अभिलेखहरु प्रायःजसो प्रचलित नेपाल लिपीमा लेखिएका छन् भने केही प्रचलित तथा देवनागरी लिपी मिसाएर लेख्ने गरेका छन् कतिपय यस्ता अभिलेखहरु अहिले संरक्षणको अभावमा बेवारिसे भएका छन् कतिपय अभिलेखहरु सम्बन्धित ठाउँबाट हराइसकेका, जमीनमुनी पुरिसकेका छन् अहिले सडक विस्तार तथा आधुनिक बस्ती विकासको कारण अभिलेखहरु नष्ट हुने, हराउने क्रम बढ्दो अभिलेखको अभावमा वास्तविक तथ्य लोप हुने अवस्था देखिएको यसले गर्दा चापागाउँको सत्य तथ्य गर्भमै रहन जाने सम्भावना रहन्छ त्यसैले चापागाउँको इतिहासलाई जान्नु जरुरी

समय समयमा चापागाउँको कला संस्कृति, सम्पदा, रहनसहनको बारेमा सोधखोज गर्न विभिन्न ठाउँबाट पत्रकार, विद्यार्थी, इतिहासका अध्येताहरु आउने गरेका छन् यहाँकोे विषयमा इतिहासका अध्येताहरुले विभिन्न लेखहरु लेखेर, पत्रपत्रिकामा प्रकाशित गरेर चापागाउँलाई अझै नजिकबाट नियाल्न सहयोग पुर्याएको विगतका स्रोत, सामग्रीहरु नभएका भए अहिले यहाँको इतिहासलाई नजिकबाट नियाल्न सक्ने नै थिएन आफूले पनि चापागाउँको इतिहासलाई बुझेर यति लेख्न सक्ने अवस्था आउने नै थिएन इतिहास सधैं खोजीको विषय नै रहने नयाँ पुस्ताको ज्ञान, सीप, अध्ययनले चापागाउँको विषयमा नयाँ ऐतिहासिक तथ्य खोजी गर्न सकेको खण्डमा यस ठाउँलाई अझ नजिकबाट नियाल्न सकिनेछ तर सरोकारवाला निकायको ध्यान यतातिर जान सकेको देखिंदैन   

मानिसको सभ्यता, संस्कृति, सम्पदा, सामाजिक अवस्था बुभ्mनलाई इतिहास जान्नु अति जरुरी त्यसैले इतिहास भनेको विगतलाई बुभ्mने सूचना स्रोत, सामग्रीको दस्तावेज हो यसको जानकारीले मानिसलाई अरुको सामु शक्तिशाली आफूलाई भिन्न बनाउने गर्छ त्यसैले यहाँको इतिहासलाई भावी पुस्तासम्म हस्तान्तर गर्दै लान वर्तमानमा यसलाई जान्नु जरुरी

चापागाउँ विभिन्न पुरातात्विक तथा प्राकृतिक स्रोत सम्पदा जस्तै मन्दिर, चैत्य, विहार, जरुँहिटी, राजकुलो, पोखरी आदिको कारण कला, संस्कृति, सम्पदाको धनी छन् पुरातात्विक तथा ऐतिहासिक महत्वको बज्रबाराही, कृष्ण मन्दिर, यरखा भैरब, हरिशंकर मन्दिर, हेमवर्ण, कल्याण, सत्यशील महाविहार, विभिन्न ढुंगे देवल, चैत्य आदिले यहाँको छुट्टै पहिचान बनाउन सफल भएको तर कतिपय पुरातात्विक सम्पदाहरु संरक्षणको अभावमा बेवारिसे बनेको कतिपय ऐतिहासिक महत्वको पाटी बस्तीबाट हराइसके कतिपय हराउने क्रममा रहेका छन् गुठी परम्पराको समाप्तिले गर्दा सम्पदाहरु संरक्षणको अभावमा जीर्ण हुने क्रममा छन् त्यसैले संस्कृति, सम्पदा ती संग सरोकार राख्ने अभिलेखहरुको संरक्षण हुनु जरुरी चापागाउँको इतिहासलाई भावी पुस्ताले समेत अक्षरसः नियाल्न पाओस् भन्नाको लागि नयाँ तथ्य बाहिर आउँने नै

 

Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड