धार्मिक, सांस्कृतिक महत्त्व बोकेको तीर्थस्थल - प्रभावती


कुनै पनि नदीलाई धार्मिक, सांस्कृतिक सामाजिक महत्त्वसँग जोडेर हेर्ने गरिएको  प्रायः नदी मानिसको जीवनसँग जोडिएको पाइन्छ त्यस कारण पनि मानिसको सभ्यताको सुरुवात विभिन्न नदी किनारबाट हुँदै आएको इतिहास  मानिसका लागि शुद्ध पानी, कृषिका लागि पानीको प्रमुख स्रोत पनि खोला, नदी हुने गरेको स्कन्द पुराणमा नदीको महत्त्वको बारेमा उल्लेख गरिएको धर्मशास्त्रमा नदीलाई मर्त्यलोक (पृथ्वी) स्वर्गलोकसँग जोड्ने पुलको रूपमा लिँदै आइएको  

नदीमा गइ सम्पूर्ण पितृ कार्यहरू जस्तै श्राद्ध, तर्पण, दान आदि शुद्ध मनले गर्नाले पितृले मोक्ष प्राप्त गर्ने, राम्रो फल मिल्ने धार्मिक मान्यतासमेत रहिआएको ग्रहणको समयमा खोला, नदीमा गएर स्नान गर्ने प्रचलन  अग्नि पुराणका अनुसार नदी जुनसुकै ठाउँबाट बगे पनि त्यो पवित्र हुन्छ नदीमा नुहाउनु भन्नु नै स्वर्गको अनुभूति प्राप्त गर्नु हो त्यसैले वैशाख सङ्क्रान्ति, श्रावण सङ्क्रान्ति माघे सङ्क्रान्तिमा पवित्र नदी तथा तिनको सङ्गमस्थल वेणी, त्रिवेणीमा गइ स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिएको

दुई नदी मिलेको सङ्गमस्थल दोभान जसलाई वेणी भनिन्छ भने तीन नदी मिलेको सङ्गमस्थललाई त्रिवेणी भनिन्छ धार्मिक मान्यताअनुसार नदीको यी दुवै सङ्गमस्थललाई तीर्थस्थलको रूपमा मानिएको  नेपालमा झन्डै  हजार खोला, नदीनाला भएकोमा काठमाण्डौ उपत्यकाभित्र १२ वटा प्रमुख तीर्थस्थल रहेका छन्  

धर्मशास्त्रले हनुमती, दानामती, इच्छुमती प्रभावतीलाई चार नदी मानेको प्रभावतीलाई अहिले सबैले नख्खुको रूपमा चिन्ने गरेका छन्  गुप्तेश्वर महादेव विराजमान भएको गुप्तेश्वर, भारदेवबाट जल प्रवाह उत्पन्न हुँदै नल्लु, लेले, टिकाभैरव, चापागाउँ छम्पी, ठेचो बुङ्गमतीको सिमाना भएर ललितपुर महानगरपालिकाको बागडोलबाट प्रभावती खोला वागमतीमा मिसिन पुगेको प्रभावती वागमतीको सङ्गमस्थललाई जय तीर्थको रूपमा मानिन्छ  

लीला साका सङ्गम सिद्ध तीर्थ, श्री गुप्तेश्वर फुलचोकी डाँडामा प्रभावती सरस्वतीको सङ्गम प्रभावती तीर्थ, श्री रामेश्वर, प्रभावतीतिरमा रहेको  यसरी तिलेश्वर, लेलेबाट प्रवाहित सरस्वती प्रभावतीको सङ्गमस्थल प्रभावती तीर्थ हो यी नदीको सङ्गमस्थल रामेश्वर चतुःषष्टिलिङ्गमा पर्छ  यस ठाउँ रामेश्वरधामको नामले पनि प्रसिद्ध यही धामबाट प्रभावती उत्तर हिमालय भएर बग्ने गरेको प्रभावती उत्तर भएर बग्ने गरेको कारण यसलाई उत्तरगया पनि भनिन्छ  धर्मशास्त्रमा उत्तर भएर बग्ने नदीको विशेष महत्त्व रहेको यस्ता तीर्थस्थलमा गएर स्नान, दान गर्नाले मोक्ष प्राप्त हुने, मनोकाङ्क्षा पूरा हुने, काम सिद्ध हुने, निरोगी हुने विश्वास गरिएको


द्वापरयुगदेखि सम्बन्ध रहिआएको प्रभावतीको धार्मिक, सामाजिक, सांस्कृतिक महत्त्वको बारेमा सबैले बुझ्न सकेका छैनन्  द्वापरयुगमा सुप्रभा नगर (अहिले थानकोट) का दैत्यराज वाणासुर रानी रोहिणीको दानसुर कच्छपासुर नाम गरेको दुई छोरा एक छोरी प्रभावती थिइन्  कच्छपासुरले आफ्नी बहिनी प्रभावतीको जलक्रिडाका लागि पोखरी बनाउने इच्छाले अहिलेकाे चोभार डाँडाको गल्छीमा सुतेर नेपाल (अहिलेकाे उपत्यका) जलमय बनाएका थिए अथाह पानीले भरिएपछि नेपाल तलाउ भएको थियो  प्रभावतीको विवाह प्रद्युम्नसँग हुने कुरा ब्रह्माबाट थाहा पाएपछि नारदमुनिले द्वारका गइ श्रीकृष्णलाई सुनाए  कच्छपासुरका कारण नेपाल जलमय भएको नारदमुनिबाट सुनेपछि दानासुरसँग युद्ध गरी श्रीकृष्णले सुदर्शन चक्र प्रहार गरी पानी खोलेको पानीको प्रवाह रोक्ने कच्छपासुरलाई प्रद्युम्नले मारी उनको शरीरमा रहेको मणि लिएका थिए  युद्धमा दानासुरलाई पनि मारी प्रद्युम्नले प्रभावतीसँग विवाह गरेका थिए पछि बुहारी प्रभावतीले आफ्ना दाजु कच्छपासुरलाई पवित्र पार्नका लागि श्रीकृष्णको आराधना गरिन्  उनले वरदान पाइ नदी भएर दाजुलाई पवित्र पारिन् यिनै प्रभावतीको नामबाट रहन गएको अहिलेकाे नख्खु खोला प्रभावती तीर्थका रूपमा रहन गएको हो  श्रीकृष्ण भगवानका छोरा प्रद्युम्नले वागमतीलाई थुनेर बस्ने कच्छपासुरलाई वध गरी नदी खुलाएको प्रभावतीलाई विवाह गरेको कुरा हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको  

प्रभावती धार्मिक महत्त्व बोकेको तीर्थस्थल भएकाले यसमा गइ पितृ तर्पण, श्राद्ध, दान, स्नान गर्नाले पितृको उद्धार हुने, पुण्य प्राप्त गर्ने मान्यता रहिआएको  ललितपुरकै धार्मिक तीर्थस्थलको रूपमा रहेको प्रभावतीको महिमा नयाँ पुस्ताले बिर्सिँदै जान थालेका छन्  तर, धार्मिक एवम् सांस्कृतिक महत्त्वका कारण यो तीर्थस्थलको रूपमा चिनिने गरेको  

यस कारण लेले, छम्पी, चापागाउँ, ठेचो लगायतका स्थानीय बासिन्दाहरूले यस नदी किनारालाई मृत्युपछि दाहसंस्कार गर्ने घाटको रूपमा प्रयोग गर्दै आइरहेका छन्  यसै नदीलाई आधार मानेर विभिन्न अवसरमा पूजा, पर्व, मेला, जात्रा जस्ता धार्मिक उत्सव हुने गरेका छन् राजा मल्लदेव कथे मल्लदेवले चापागाउँ (त्यति बेलाको चम्पाग्राम) मा राज्य चलाइ असार महिनामा प्रभावतीमा पूजा गर्न जानुपर्ने गरी पूजाआजा गर्ने संस्कार, परम्पराको व्यवस्था गरेको कुरा ने.सं. ७११ को अभिलेखमा उल्लेख

बज्रबाराही आँगछें (देवगृह) मा रहेको गणेशको प्रतिमालाई मङ्सिर चतुर्दशीका दिन खटमा राखी छम्पी गणेश मन्दिर पुर्याइ पूजापाठ, जप, होम गरी राति प्रभावतीमा विराजमान गराउने पूर्णिमाको दिन स्थानीयवासी स्नान गर्ने प्रचलन रहेकोमा मूर्ति चोरी भइ जात्रा चल्न नसक्दा स्नान गर्ने परम्परा भने हटिसकेको  

चापागाउँकै वखाटोलमा रहेको शिवलिङ्ग (स्थानीयहरू द्रुक्क महादेव भन्छन्) सम्म प्रभावती बगेर छुन आएमा त्यसले मोक्ष प्राप्त गर्छ भन्ने किंवदन्ती रहेको  

चैत्र शुक्ल पूर्णिमाको दिन लेले, टीकाभैरव, प्रभावतीको सेरोफेरोमा जयकुमारी बालकुमारीको जात्रा हुने गरेको  

चैत्र शुक्ल प्रतिपदाको दिन प्रभावतीको जल ल्याइ चोभारको आदिनाथलाई स्नान गराउने अष्टमीमा पाञ्जु (पुजारी) द्वारा यहाँ पूजा गर्ने परम्परा रहिआएको यस दिन उपत्यकाका नेवार समुदायले नदीमा स्नान गर्ने गर्दै आएका छन्  

हरेक १२ वर्षमा बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथको रथ प्रभावतीबाट तानेर पाटन ल्याउने गरिन्छ त्यसरी तानेर ल्याएको रथको चारै पाङ्ग्राले प्रभावती टेकेको दिन नदीको पानीलाई पवित्र मानी मानिसहरू मुख धुने, पानी छ्यापाछ्याप गर्दै जात्रा मनाउने प्रचलन अझै कायमै  

प्रभावतीसँग विभिन्न धार्मिक मान्यता, परम्परा एवम् विश्वास जोडिएको यसले नदी प्रतिको आस्थालाई बलियो बनाएको  नदीसँग जोडेर आउने यस्ता परम्परा एवम् विश्वासले देशका विभिन्न ठाउँलाई धार्मिक तथा सांस्कृतिक विविधताको पहिचान दिलाउन सफल भएको  

दक्षिण ललितपुरमा रहेका क्रसर उद्योगले पहाड फोरेर ढुङ्गा, माटो, बालुवा निकाल्ने, नदी किनारबाट टिपर चलाउने, वर्षाको पानीसँगै क्रसरबाट निस्कने धुलो फोहर तथा पहिरोले नदी धमिलो हुन पुगेको  प्रदूषण नियन्त्रण गर्न वन, जल, खानी, वातावरणसँग सम्बन्धित कानुन हुँदाहुँदै पनि नदीको प्रदूषण बढ्दो  वातावरण संरक्षणका लागि आवश्यक कार्य गर्ने दायित्व केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारको हुने गरी संविधान तथा प्रचलित कानुनमा व्यवस्था हुँदाहुँदै पनि नदी प्रदूषणबाट मुक्त हुन सकेको छैन  अव्यवस्थित सहरीकण, बस्ती विकास तथा उद्योगका कारण प्रभावती विस्तारै प्रदूषित हुन थालेको प्रदूषणले गर्दा नदीलाई आफ्नाे बाटोमा अविरल बग्नलाई पनि सास्ती  आजभन्दा झन्डै बीस वर्ष पहिले स्थानीयवासी त्यही नदीको पानीमा नुहाउने, लुगा धुने गर्दै आएकोमा अहिले प्रदूषणका कारण त्यो सम्भव छैन  

प्रदूषणका कारण यस नदीमा हुने विभिन्न मेला, पर्वको अवसरमा स्नान गर्ने कार्य लोप हुँदै गएको आफैँमा धार्मिक तीर्थस्थलको रूपमा पहिचान बोकेको प्रभावतीमा स्वच्छ सफा पानी बगाइ यसको महिमालाई बचाइ राख्नु जरुरी  यसको धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षलाई जोगाइ राख्न सकेको खण्डमा धार्मिक पर्यटनमा समेत टेवा पुग्नेछ

------

- डा. साफल्य अमात्य, नेपालमा नदी संस्कृति : एक अवलोकन, २०७७, असोज २४, लोकसम्वाद अनलाइन 

- प्राचीन नेपाल, सङ्ख्या १२, २०२७ श्रावण, पृष्ठ ११, पुरातत्त्व विभाग 

- प्राचीन नेपाल, सङ्ख्या , २०२६ वैशाख, पृष्ठ , पुरातत्त्व विभाग

- बासुदेव कर्माचार्य, उपत्यकाका प्रसिद्ध वाराही देवीहरूको परिचय, पृष्ठ २५, २०७५ 

 

 

 


Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड