अवोध छौ तिमी
डाँडा पारिको घाम संगै
दौडी आएँ तिमीलाई भेट्न ।
प्रकृतीको सुन्दर हरियालीमा
रातो गुलाफ सरी उभिरहेकी थियौ ।
ओठमा अनौठो मुस्कान भरी
एक्लै घाँस काटिरहेकी थियौ ।
कलमको भाषा नबुभ्mने तिमीले
हँसियाको भाषा त बुझेकी रहिछौ ।
कस्ती सोझी रहिछौ तिमी ।
जीवनको अर्थ नै थाहा छैन तिमीलाई ।
भाँचेको साँघु जोडेर
खोला तर्न अनि कसरी सकिएला
कालो लामो केशले भुईं छुवाई
चुराको छमछम आवाजमा
कोइली बनी गीत गाइरहेकी थियौ ।
गीतमा थियो मिठास अनि दुःखको वेदना ।
कोही भएन तिम्रो वेदना सुन्ने ।
मात्र छन् वन, पहाड र खुला आकाश ।
विलाएको छ तिम्रो स्वरहरू
तिमी डुल्ने वन, पहाड र वगरहरूमा ।
कस्ती निर्मल रहिछौ तिमी ।
कसैप्रति पोख्दैनौ तिमी आफ्नो गुनासो ।
चुँडेको धागो जोडेर
कपडा बुन्न अनि कसरी सकिएला
ओठमा लाली, कानमा झुम्का लगाई
रूखको फेदमा उभिदिंदा
विश्वामित्रको तप भंग गर्न भनी
मत्र्यलोक झरेकी मेनुका जस्ती तिमी ।
सृष्टिको चक्र चलाउनु पर्ने तिमीले
कति दिनसम्म सहिरहने स्वार्थी इन्द्रहरूको अन्याय ।
आफ्नो धर्म र कर्मको भाषा नबुभ्mने
कस्ती अबुझ रहिछौ तिमी ।
जिन्दगी कसरी जिउनु पर्छ थाहा छैन ।
पंक्षी भैंm प्वाँख फिजाई
आकाशमा उड्न अनि कसरी सकिएला
----
बज्रबाराही साहित्यिक समूह, चापागाउँव्दारा मिति २०५७।६।७ मा आयोजित कवि गोष्ठीमा यस कविताले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति मोहन कोइराला रहनु भएको थियो । –राजाराम श्रेष्ठ)

Comments
Post a Comment