गीत

 घर च-र्क्यो, छाती च-र्क्यो, टाल्ने ठाउँ  भएन 

आफ्नाले साथ छोड्यो, मिल्ने ठाउँ भएन 


कति चढें उकालो, कति झरें ओरालोमा 

गन्तव्यमा पुग्न खोज्दा म परें भिरालोमा

जता हिंड्यो उतै भीर, टेक्ने आड भएन

आफ्ना बीच पनि, समाउँने हात भएन


मन मर्यो, माया मर्यो, पलाउँने ठाउँ भएन

आफ्नाले नाता तोड्यो, मिल्ने ठाउँ भएन 


कहिले भिजें झरीमा, कहिले हिडें घाममा

पुग्न खोज्दा लक्ष्यमा दाग लगाए नाममा

आँशु मात्र झरिरहे, ओठमा हाँसो आएन

म मरून्, या बाँचुन्, अरुलाई चासो भएन


आश मर्यो, जोश मर्यो, सोच्ने ठाउँ भएन

आफ्नाले घात गर्यो, मिल्ने ठाउँ भएन 

राजाराम श्रेष्ठ 

Comments

Post a Comment

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड