लेलेका तीन ज्योतिर्लिङ्ग

 

ललितपुरको लगनखेलबाट झण्डै १६ कि.मी. दक्षिणमा रमणीय उपत्यका लेले रहेको प्राकृतिक दृष्टिले रमणीय लेले धार्मिक एवम् साँस्कृतिक सम्पदाको समेत धनी चारैतिर हरिया डाँडाको बीचमा उर्बरा भूमि रहेको यस ठाउँमा तरकारी तथा खाद्यान्न बाली राम्ररी फस्टाएको देखिन्छ यस ठाउँमा तामाङ, क्षेत्री, नेवार, नगरकोटी आदि जात जातिको बसोबास रहेको यस ठाउँका मानिसहरुको मुख्य पेशा कृषि पशुपालन रहेको  

विभिन्न खोला, नदीको संगमस्थलको रुपमा रहेको यस ठाउँमा हिन्दु धर्मसंग प्रत्यक्ष सरोकार राख्ने मन्दिर, देवालयहरु रहेका छन् हिमवतखण्डमा चौसठी लिङ्गको रुपमा उल्लेखित तिलेश्वर, चम्पकेश्वर रामेश्वर यसै ठाउँमा रहेको तिलेश्वरको उत्तरतर्फ पशुपतिनाथ भनरे चिनिने गरेको चतुर्मुखी शिवलिङ्ग सहितको मन्दिर रहेको यहाँ रहेको सम्वत् ७८९ को शिलालेख अनुसार श्री निवास मल्लको विजय राज्यमा लेले देशमा श्री शिवहरिश्वर लिङ्ग प्रतिस्था गरेको देखिन्छ धार्मिक रुपले प्रसिद्धी पाएको जयकुमारी, बालकुमारी, टिकाभैरब, मनकामना, फुल्चोकी माईको मन्दिर यसै ठाउँमा रहेको बसन्त पञ्चमीको दिनमा भव्य मेला लाग्ने सरस्वती कुण्ड, ज्ञान कुण्ड, पार्वती कुण्डले गर्दा यस ठाउँको अझ महत्व बढेको जुम्लासम्म पुगेर दर्शन गर्न नसक्ने दर्शनार्थीको लागि कनक सुन्दरी माई यसै ठाउँमा स्थापना गरिसकेको चैत्र पूर्णिमाको दिनमा हुने जय कुमारी, बाल कुमारीको जात्राले यस ठाउँलाई साँस्कृतिक रुपमा धनी बनाएको गोरखाबाट ल्याइएको फुलपातीको बेलपत्र जमरा राख्ने कोतघर तथा उपत्यकामा शत्रुबाट हुन सक्ने सम्भावित आक्रमणलाई रोक्नको लागि बनाइएको सैनिक ब्यारेक बारुद केन्द्र यसै ठाउँमा रहेको तर अहिले यस्ता पुराना सम्पदा भग्नावशेषको अवस्थामा रहेका छन्

  लेले लिच्छविकालिन बस्ती हो शिवदेव, अंशुवर्माको सम्वत् ५२६ को अभिलेखमा यो बस्तीलाईलेम्बटीद्रंग भनी सम्बोधन गरिएको माझटोलमा रहेको उक्त अभिलेख अनुसार लेले लिच्छविकालमै विकसित बस्तीको रहेको देखिन्छ यसै अभिलेखमा प्रजाले धार्मिक तथा सामाजिक कार्य गर्न, धूप दीप बाल्न, पानीको वन्दोबस्त गर्न, जात्रा, पर्व चलाउन, मनोरञ्जन गर्नको लागि विभिन्न प्रकारको गुठीको व्यवस्था गरेको देखिन्छ

लिच्छवि कालबाट मल्ल कालसम्म आइपुग्दा लेले शहरको रुपमा विकास भएको देखिन्छ नेपाल सम्वत् ६३३ सालमा राजा रत्न मल्लले सय घरको शहर बसाई दिएको भन्ने कुरा देवमाला वंशावलीमा उल्लेख हुनुले पनि यो कुराको पुष्टि हुन्छ यसै वंशावलीमा यहाँको मुख्य देवता टिकाभैरब रहेको उल्लेख गरेको पहिलेदेखि नै यो बस्ती धार्मिक, साँस्कृतिक, सामाजिक दृष्टिले महत्वपूर्ण रहेको

नेपालको ६४ ज्योतिर्लिङ्ग मध्येको तिलेश्वर, चम्पकेश्वर रामेश्वर लेलेमा रहेको कारण यस ठाउँ तीर्थस्थलको रुपमा रहन गएको स्कन्दपुराण अन्तर्गत् हिमवतखण्डमा यी ज्योतिर्लिङ्गको बारेमा विस्तृत रुपमा उल्लेख गरिएको माघ महिनामा यी ज्योतिर्लिङ्गको दर्शन, पूजापाठ गर्नाले पूण्य प्राप्त हुने धार्मिक मान्यता रहेको यी ज्योतिर्लिङ्गको बारेमा यहाँ केही चर्चा गर्ने प्रयास गरेको छु

) तिलेश्वर 

तिलेश्वर ज्योतिर्लिङ्ग मुकुन्द पर्वतको फेदी मनश्री सरस्वती नदीको संगममा रहेको यो लिङ्गको उत्पत्ति बृहस्पति ऋषिको तपस्यासंग जोडिएको बृहस्पति ऋषि तीर्थयात्रा गर्दै यस ठाउँमा पुगी माघे सङ्क्रान्तिको दिन मनश्री तीर्थमा नुहाएर तिलको शिवलिङ्ग बनाएर विधिवत् पूजा गरी नदीको जल चढाउँदा पत्थरको हुन गयो यो लिङ्गको उनै ऋषिले श्रद्धापूर्वक पूजा, ध्यान गरी मन्त्र जप गर्न लागे यसको तेस्रो दिनमै शिवलिङ्गबाट महादेव प्रकट भई बृहस्पतिलाई वरदान दिए भनेसरस्वतीको आह्वान गर, शुक्राचार्यलाई छाडेर पानीको रुपमा यहाँ आउनेछिन् त्यतिबेला अञ्जुलीमा लिई पिई दिनू, तिम्रो वाक्य सिद्ध हुनेछ यति भनी महादेव शिवलिङ्गमा अन्तध्र्यान भए बृहस्पति ऋषिको तपस्याको कारण तिलको शिवलिङ्ग सिद्ध भई महादेव स्वयं लीन हुनु भएकोले तिलेश्वर हुन गएको धार्मिक मान्यता रहेको



                                 तिलेश्वर


                                                                तिलेश्वर
मन्दिर, लेले

यस शिवलिङ्गको दर्शन गर्नाले महापापबाट मुक्त भई वाक्य सिद्ध हुने विश्वास गरिन्छ त्यसैले तिलेश्वर मन्दिर परिसरमा रहेको सरस्वती कुण्डको पनि विशेष महत्व रहँदै आएको

तिलेश्वर ज्योतिर्लिङ्ग शिलाबाट निर्मित मन्दिर भित्र रहेको सम्वत् ८७८ बैशाख ११ गतेका दिन वंशमणि आचाज्र्येले देवल निर्माण गरेको कुरा मन्दिरको बायाँ भित्तामा कुँडिएको अभिलेखबाट प्रष्ट हुन्छ अभिलेखको केही अक्षर प्रष्ट देखिंदैन अभिलेखमा देखिएको व्यहोरा यस प्रकार रहेको

. स्वस्ति श्री सम्वत् ८७८ साल बैसाष सुदि ११ रोज तस दिन

मा हरी (श्री) तिलेस्वर

. प्रिति गरि ..... नअ वंशमणि आचाज्र्येले ..... देवल.......

. ................. श्री हरी आचाज्र्येले बनाइ ........................

. दिन शुभम्

यसरप्रकार वंशमणि आचाज्र्येले निर्माण गरेको मन्दिर (देवालय) बिग्रेर १८७६ साल बैशाख ११ गतेकै दिनमा हरि नारायण आचाज्र्येले बनाई तिलेश्वर प्रिती गरेको १९९० को म्हकम्पले पानी चुहिने भई सम्वत् १९९९ साल फाल्गुण १४ गते श्री हरिका पनाती नारायण मणि आचाज्र्येले जिर्णोद्धार गरेको कुरा मन्दिरको ढोकाको दायाँतिर रहेको शिलालेखबाट प्रष्ट हुन्छ अभिलेखको व्यहोरा यस प्रकार रहेको

. पैले श्री वंशमणि

. आचाज्र्येले वनायको दे

. वालय विग्री १८७६ साल वैसाख

. सुदि ११ रोज मा श्री हरिनारायण

. चाज्र्येले बनाई श्री तिलेस्वर प्रीती गरे

. को  देवालय १९९० सालका म्ह कंप

. ले पानी चुहंने भै सम्वत् १९९९ सा

. फालगुण कृष्ण १४ रोज मास जि

. सजावट् जिर्णोध्दार गरि श्री हरीका

१०.पनाती श्री लेः नारायण मणि

११.चाज्र्ये ले बनाई श्री तिलेस्वर मा

१२.हादेव प्रीति गरेको सुभम्

१३. स्तु सर्वदा

मन्दिर बाहिर चारै भित्तामा उमा महेश्वर, भैरब, विष्णु आदिको प्राचीन मूर्तिहरु स्थापना गरिएको मन्दिर प्राङ्गणमा बृहस्पति ऋषि, सरस्वती लगायत विभिन्न देवदेवीका मूर्तिहरु तथा शिवलिङ्ग स्थापना गरेको यसै प्राङ्गण भित्र धार्मिक महत्वको सरस्वती कुण्ड समेत रहेको यो कुण्डको जल पिउनाले वाक शुद्ध हुने विश्वास गरिन्छ यस कुण्डको जल पिए पछि विरुपाक्षको वाक सिद्ध भएको कुरा हिमवतखण्डमा यसरी उल्लेख गरेको

ततः सरस्वतीकुडें पीत्वा जलं विरूपदृक्

वाक्सिद्धिरभवद्भूयो लिंगाच्र्चनाव्दिकिल्बिषः ।।१।।

हिमवतखण्ड अध्याय १०१, मूल पृष्ठ २१६

बसन्त पञ्चमीको दिनमा यस ठाउँमा दर्शनार्थीको भव्य मेला लाग्ने गर्छ यहाँ रहेको सरस्वती कुण्डले धेरै पहिलेदेखि नै समाजमा सरस्वतीको पूजा हुने गरेको देखिन्छ

) चम्पकेश्वर

रामेश्वर सरस्वती कुण्ड बीचको दुरीमा मूल सडकको किनारामा चम्पकेश्वर ज्योतिर्लिङ्ग रहेको मन्दिर सामान्य रहेको लिङ्ग हल्का उत्तरतिर ढल्केको अवस्थामा यहाँ ऐतिहासिक अवस्था झल्कने कुनै अभिलेख देखिंदैन


                     चम्पकेश्वर मन्दिर, लेले सडक

मनु नामको ब्राम्हणले चाँपको पूm चढाई प्रार्थना गरेको कारण त्यस ठाउँमा चम्पकेश्वर ज्योतिर्लिङ्ग उत्पन्न भएको धार्मिक मान्यता रहेको हिमवतखण्डमा नेमुनिसंग विरुपाक्ष गएको सरस्वती कुण्डमा खुशी भइकन नुहाएर चम्पकेश्वरको पूजा गरेको कुरा उल्लेख गरेको

नेमुनिना मुने साध्र्द ययौ यत्र स्थितो हरः

व्दिशते सत्यसौ दूरे धनुषां दिशि पश्चिमे ।।३।।

सरस्वत्यां मुदा स्नात्वा चम्पकेशमपूपुजत् ... ।।४।।

हिमवतखण्ड १०१ अध्याय, मूल पृष्ठ २१६

हिमवतखण्डमा सरस्वती कुण्डसंग जोडिएर चम्पकेश्वरको बारेमा चर्चा गरेको अनध्यायको दिन पढ्नाले पढे जति जम्मै बिर्सन पुगेका एकजना ब्राम्हण प्रारब्धको भोगले गर्दा यस जन्ममा पनि विद्या विहीन  भएर रहेका थिए पछि उनी चम्पकेश्वर निरको सरस्वती कुण्डमा गए त्यहाँको जल पिएपछि पूर्वजन्ममा पढेको सबै विद्या उनले सम्झे भन्ने कथा हिमवतखण्डअध्याय १०१, मूल पृष्ठ २१७) मा उल्लेख गरेको त्यसरी नै चम्पकेश्वर निरको सरस्वती कुण्डको जल छोएपछि  एकजना व्याधालाई दिव्य ज्ञान दिव्य दृष्टि मिल्यो भन्ने कथा पनि हिमवतखण्डको यसै अध्यायमा उल्लेख गरेको त्यस्तै चम्पकेश्वर निरको सरस्वती कुण्डको जल पिएपछि विरुपाक्षलाई वाक सिद्धी मिलेको कुरा हिमवतखण्ड (अध्याय १०१, मूल पृष्ठ २१६) मा उल्लेख गरेको

हिमवतखण्डमा चम्पकेश्वरको बारेमा उल्लेख गरेको तिलेश्वरदेखि सय धनु ( सय हात) पश्चिममा चम्पकेश्वर ज्योतिर्लिङ्ग रहेको कुरालाई यसरी उल्लेख गरेको

भूयो गच्छ विरूपाक्ष यत्रासौ चम्पकेश्वर

धनुषां व्दिशते दूरे अतो दिशि वारुणे ।।७२।।

हिमवतखण्ड अध्याय १००, मूल पृष्ठ २१६

सडक छेउमा रहेको चम्पकेश्वरको बारेमा प्रचारप्रसार नहँुदा यो ज्योतिर्लिङ्ग कमै मानिसहरुको नजरमा पर्ने गरेको  

) रामेश्वर

भारदेव, नल्लु खोला बुरुन्चुली खोलाको संगम भएको प्रभावती नदी सरस्वती नदीको संगम प्रभावती तीर्थमा रामेश्वर ज्योतिर्लिङ्ग रहेको यस ठाउँलाई रामेश्वरधाम पनि भन्ने गरिन्छ परशुरामको तपस्याबाट यो शिवलिङ्ग उत्पत्ति भएको धार्मिक मान्यता रहेको

राजा कार्तवीर्यले आफ्ना बाबुलाई मारेको कारण विरक्त अवस्थामा तीर्थ यात्रा गर्दै प्रभावती तीरमा आइपुगेर नुहाई शत्रु नाशको संकल्प मन्त्र जप गर्न थाले केही महिना पछि माघ महिनाको कृष्ण चतुर्दशीको रातमा यो शिवलिङ्ग उत्पन्न भएको त्यो देखेर परशुरामले पूजा गरेपछि ब्रम्ह मुहूर्तमा भैरब जस्तो डरलाग्दो महादेव प्रकट भएको उनै महादेव लिङ्गमा अन्तध्र्यान भयो परशुरामले श्रृङ्गार गरी पूजा गरेको कारण डरलाग्दो भैरब पनि शान्त सुन्दर हुन गएको धार्मिक मान्यता रहेको यही महादेवको दक्षिण मुखलाई टिकाभैरब भन्ने गरिन्छ अहिले पनि यस ज्योतिर्लिङको दक्षिणमा टिकाभैरबको मन्दिर रहेको

 टिकाभैरब मन्दिरलेले

रामेश्वर, लेले, प्रभावती तीर

रामेश्वरलाई स्थूलशिला स्वरुप (ठुलो शिला स्वरुपको रामेश्वर) भनी हिमवतखण्डमा उल्लेख गरेको अहिले पनि यो शिला स्वरुपको लिङ्ग टिकाभैरबको मन्दिर पछाडि देख्न सकिन्छ यसलाई शैव धर्मसंग सम्बद्ध गरी बुभ्m सक्छौं हिमवतखण्डमा चम्पकेश्वरदेखि हजार धनु )१२ हजार हात अर्थात् डेढ कोश) पश्चिममा रामेश्वर महादेव छन् भनी यसरी उल्लेख गरेको

अतो वारुण देशे त्वं भूयो गच्छ विरुपदृक् ।।५०।।

धनुषां त्रिसहस्रे विदूरे सांप्रतं व्दिज

रामेश्वरो महालिङ्गो रामतीर्थेन वै समम् ।।५१।।

यत्र विराजते नित्यं वहुपुण्यफलप्रदः ।।५२।।

हिमवतखण्ड १०१ अध्याय, मूल पृष्ठ २१८

हिमवतखण्डको यो अध्यायलाई हेर्दा रामेश्वर ज्योतिर्लिङ्ग धेरै पूण्यको फल दिने महालिङ्गको रुपमा लिइएको अंशुवर्माको सम्वत् ३२ को शिलालेखमा रामेश्वरलाई पुराण, पण )पुराण चाँदीको मुद्रा हुन्छ भने पण तामाको मुद्रा हुन्छ) आर्थिक सहयोग गरेको उल्लेख गरेको

रामेश्वर ज्योतिर्लिङ्ग रहेको ठाउँलाई रामेश्वरधाम पनि भन्ने गरिन्छ यो नदी किनारामा रहेको यस ठाउँबाट प्रभावती नदी उत्तर भएर बग्ने गरेको यस नदीमा स्नान गरेर पितृ तर्पण गरेमा पितृ मोक्ष प्राप्त हुने तथा रामेश्वरको पूजा, दर्शन गरेमा पाप नाश हुने विश्वास गरिन्छ

अन्तमा, तिलेश्वर महादेव शिवदूती योगिनी, चम्पकेश्वर महादेव वाराही योगिनी तथा रामेश्वर महादेव कौशिकी योगिनी शिव शक्ति हुन् यिनको श्रावणी पर्वमा दर्शन, पूजा गर्नाले कल्याण हुने कुरा हिमवतखण्डमा उल्लेख गरेका छन् हिमवतखण्ड अनुसार चौसठी लिङ्ग चौसठी योगिनीको दर्शन विरुपाक्ष गुरू नेमुनीले गरेको थिए यिनै नेमुनीले विरुपाक्षलाई तिलेश्वर, चम्पकेश्वर, रामेश्वर लगायत चौसठी लिङ्गको दर्शन गर्न बाटो पहिल्याई दिएका थिए हिमवतखण्डको उल्लेखित श्लोकबाट पनि यो कुराको पुष्टि हुन आउँछ नेमुनी ऋषिको सल्लाहले कुष्टरोगी विरुपाक्षलाई  मातृगमनको घोर पाप नाश गर्न नेपालमण्डलमा रहेका चौसठी ज्योतिर्लिङ्ग योगिनी शक्तिको दर्शन, पूजा गर्नाले दिव्य ज्ञान प्राप्त भएको कुरा धर्मशास्त्रमा उल्लेख भएको त्यसैले श्रावण माघ महिनाको अवसरमा यस्ता शिवलिङ्गको दर्शन, पूजापाठ गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने विश्वास गर्न सकिन्छ

लेले धार्मिक, सामाजिक, साँस्कृतिक दृष्टिले महत्वपूर्ण ठाउँको रुपमा रहेको कुरामा कसैको विमती हुन सक्दैन यस ठाउँमा रहेका विभिन्न ऐतिहासिक सम्पदाले यस ठाउँलाई देशभर परिचित गराएको यस ठाउँमा रहेका विभिन्न धार्मिक स्थललाई प्रचारप्रसार गर्ने तिनको महिमाको बारेमा जानकारी दिन सकेको खण्डमा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ यस ठाउँमा रहेका ऐतिहासिक सम्पदाको उत्खनन, संरक्षण तथा निर्माणको लागि नेपाल सरकारका तीनै तहबाट गुरु योजना तयार गरी विकास गर्नु अति आवश्यक भइसकेको यस कार्यले समग्र गोदावरी नगरको पहिचान बढ्ने यस ठाउँका मानिसहरुको आर्थिक स्तर समेत माथि उठ्ने देखिन्छ

                राजाराम श्रेष्ठ, चापागाउँ  

सन्दर्भ सामग्री

. लिच्छविकालको अभिलेख, २०३०, धनबज्र बज्राचार्य

. देवमाला वंशावली, योगि नरहरीनाथ

. पूर्णिमा, त्रैमासिक, पूर्णांक ४७, संशोधन मण्डल

. प्राचीन नेपाल, २०२७, संख्या १२, पुरातत्व विभाग

. विभिन्न अनलाइनमा प्रकाशित लेख तथा समाचारहरु

Comments

  1. लेले क्षेत्र सस्कृती र सम्पदाले भरिएको छ । यो क्षेत्रको विकासको लागी गोदाव रि नगरको ध्यान पुग्नु जरुरी छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड