नेवारहरुको स्थिति र पहिचान



 नेवार शब्दको उत्पत्तिको बारेका विकास भएका सिद्धान्तलाई हेर्दा, नेवारहरु दक्षिण भारतको मालवा समुद्री किनारमा अवस्थित ‘नायर’ भन्ने स्थानबाट नेपाल उपत्यका प्रवेश गरेका थिए । ‘नायर’ शब्दको अपभ्रंश भई ‘नेवार’ शब्द बनेको भन्ने भनाइ रहेको छ । त्यस्तै नेवार शब्द ‘नेपार’बाट अपभ्रंश भई क्रमशः ‘नेबार’, ‘नेवार’  भएको र ‘नेवार’ शब्दले जातिवाचक शब्दको रुप लिएको देखिन्छ । जस्तो, पाटन खोकना गाउँको लाछिटोल जितापुर देवताको शिलालेखमा नेपाल सम्वत्को सटृा नेपार सम्वत् ८७९ उल्लेख गरिएको छ । 

नेवार विभिन्न वर्णहरुको एउटा समुदाय हो । यो एउटा भूमिपुत्र ÷आदिवासी, जनजाति समुदाय पनि हो । यो आपैंmमा एउटा राष्ट्र« पनि हो । टोनी हेगनको भनाइमा नेपाल उपत्यकामा बस्ती बसाली बसोबास गर्ने पहिलो जनसमुदाय नै नेवार हो । नेपाल राष्ट्र सित घनिष्ट रुपले प्राचिनकालदेखि सम्बन्धित रहिआएको भूमिपुत्र नै वास्तवमा नेवार हो । नेवारहरुको भाषा नेपाल भाषा हो । यिनीहरुको साझा पेशा, भूमि, आर्थिक सम्बन्ध र सँस्कृति आदि रहेको हुन्छ । काठमाण्डौं उपत्यका र वरपरका क्षेत्रहरु समेटेको नेवारहरुको साझा पुख्र्यौली भूमि नेपालमण्डल हो । यहाँ नेवारहरु गुठीको मार्फ्त एकताबद्ध भई विकास निर्माणमा लागेका छन् ।

नेपालमण्डल भन्ने शब्द लिच्छवि राजा जयदेव (ई.सं. ७१३–७३३) को अभिलेखमा सर्बप्रथम उल्लेख गरिएको देखिन्छ । नेपालमण्डल भन्नाले मल्लकालिन कान्तिपुर, ललितपुर, भक्तपुर र दोलखाको संयुक्त क्षेत्रलाई जनाउँने गरिन्थ्यो । यस भित्रको प्रत्येक राज्यहरुको आ–आप्mनै प्रभाव क्षेत्रहरु रहेका थिए । 

प्राचीनकालको गोपाली, महिषपाली र किराँतीहरुको भाषाको समिश्रणबाट नेपारी भाषाको जन्म भएको हो । नेवारहरुको मातृभाषा नेपाल भाषा हो । लिच्छविकालमा नेवारी भाषालाई बोलीचालीको भाषामा मात्र सीमित गएिको थियो । जयस्थिति मल्लको शासनकालमा मन्त्री जयत बर्माको छोरालाई अध्ययन गराउँन नेवारीमा अनुवाद गरिएको अमरकोशको पुस्तकमा नेवारी भाषालाई सर्बप्रथम नेपाल भाषा भनिएको थियो । मातृभाषामा अध्ययन गर्ने चलन पनि सोही बेलादखि शुरु भएको अनुमान गर्न सकिन्छ । नेपाल भाषाको लिपि ‘रञ्जना लिपि’ हो । संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्नको लागि यसैलाई आप्mनो लिपिको रुपमा प्रस्तुत गरिएको इतिहासबाट देखिन्छ । 

जयस्थिति मल्लले नै आप्mनो शासनकालमा जातिय विभाजन गरेको थिए । उनले नेवार जातलाई ४ वर्ण ६४ जातमा विभाजन गरी सोही अनुसार पेशा एवम् कामकाजको पनि व्यवस्था गरेका थिए । उनको छोरा ज्योतिर मल्लले पनि जनताको जात र वर्णको पुनर्संरचना गरेका थिए । उनको पिताको मृत्यु भएको २२३ वर्ष पछि ललितपुर राज्यको राजा भएका सिद्धिनरसिंह मल्लले नेवार समुदायको लागि वि.सं. १४३७ मा ‘सामाजिक स्थिति’ बाधिदिएका थिए । यो नै विश्वको पहिलो कानुनको रुपमा प्रसिद्ध रहेको छ ।  

तत्कालिन नेवार समुदायमा नेवारी भाषा तथा साहित्यको राम्रो विकास भएको थियो । लिच्छवि राजा मानदेव प्रथमले नेपाल भाषामा शिलालेख लेख्न लगाएका थिए । जयस्थिति मल्लको नाति ज्योतिर मल्लको छोरा यक्ष मल्लले ई.सं. १४२८ को शिलालेखमा पहिलो पटक ‘नेपाल भाषा’ प्रयोग गरेका थिए भने ई.सं. १४१० मा भक्तपुरको तवमाधि टोलको शिलालेखमा सर्बप्रथम ‘नेपाल भाषा’ शब्द प्रयोग गरिएको थियो । सन् १६५४ मा कान्तिपुरका राजा प्रताप मल्लले आप्mनो लायकु (दरबार) को शिलालेखमा नेवार भाषामा ‘नेवार’ प्रयोग गरेको थियो । 

नेवारहरु आर्य जातिका हुन् । यिनीहरुको संसर्गबाट किराँत नेवारहरुले आप्mनो सभ्यताको विकास गरेका थिए । त्यसैबेला देखि किराँती नेवारहरुमा पनि जातिय भेदभावको विजारोपण भएको थियो । पछि किराँती नेवारहरुमा लिच्छविहरुको पनि प्रभाव पर्न गएको पाइन्छ । तत्कालिन किराँत नेवारहरुको आप्mनो सँस्कृति र लिच्छविहरुको आर्य सँस्कृतिको समिश्रणबाट जन्मेको सँस्कृतिको मूल रुप नै वर्तमान नेवार समुदायको सँस्कृति हो भन्ने इतिहासकार बाबुराम आचार्यको भनाइ रहेको छ ।

शुरुमा अधिकांश नेवारहरु बौद्ध धर्मावलम्बी थिए । पछि दक्षिणतिरबाट प्रवेश गरेका ब्राम्हण, राजपूत, क्षेत्री र अन्य आर्यहरुको सम्पर्कले यिनीहरुमा हिन्दू धर्मको प्रभाव पर्यो । इसापूर्व ७५० तिर नेवार सभ्यताको शुरुवात भएको अनुमान गरिन्छ । पछि विस्तारै इस्लाम र इसाई धर्मले पनि प्रभाव पारेका थिए । चौधौं शताब्दी देखि नेपाल उपत्यकामा मुसलमानहरुले बसोवास शुरु गरेको र नेपाल भाषालाई आप्mनो मातृभाषाको रुपमा स्वीकार गरेको देखिन्छ । यसैको परिणाम स्वरुप आज नेवार समुदाय बहुधार्मिक हुन गएको छ । नेवार समुदायमा धार्मिक भेदभाव नरही धार्मिक सहिष्णुताको भावना प्रचुर रहेको पाइन्छ । त्यसैले नेवार सँस्कृतिको मूल आधार धार्मिक प्रवृत्ति र विश्वास रहेको छ । धार्मिक प्रवृत्ति आर्य सँस्कृतिको अभिन्न अंगको रुपमा रहिआएको छ । 

नेवार समुदायमा कला र सहरी सभ्यताको राम्रो विकास भएको पाइन्छ । नेवारी समाजमा कलात्मक काम गर्ने छुटृै बर्गहरु रहेका छन् । अहिले पनि नेवारी समुदायमा उद्यमशीलताको विकास भएको देख्न सकिन्छ । गोपाल, किराँत, लिच्छवि, मल्ल, शाहकाल हुँदै हालसम्म पनि नेपाल उपत्यकामा भएका कलात्मक, साँस्कृतिक, धार्मिक तथा पुरातात्विक उपलब्धिहरु नेवार समुदायबाट भएको देखिन्छ । 

पृथ्वीनारायण शाहले नेपाल उपत्यकाका तीनै नेवार राज्यहरु कान्तिपुर, ललितपुर र भक्तपुर विजय गरी सत्ता चलाए पछि सत्ताबाट विस्थापनको अवस्थामा पुगेका थिए । नेवारी समुदायलाई सामाजिक रुपबाट समेत गिराउँने प्रयास गरियो । सन् १८४६ को कोतपर्व पछि सत्ता हत्याई पहिलो राणा प्रधानमन्त्री भएका जंगबहादुर कुँवरको शासनकालमा नेवार समुदायले शासन संचालन र सैनिक सेवाको प्रक्रियाबाट अलग्गिनु परेको थियो । त्यतिबेला नेवारहरु व्यापार र कृषिमा सीमित हुनु परेको थियो । त्यसबेला वि.सं. १९१० मा बनेको मुलुकी ऐनमा नेवार सम्बन्धी व्यवस्था (नेवार जातको ऐन) गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्सेर ( सन् १९०१–१९२९) आप्mनो शासनकालमा नेवार समुदायको भाषा, साहित्य, सँस्कृति र इतिहासलाई नष्ट गर्ने कार्य गरेका थिए । तर पनि उनले वि.स. १९५८ मा नेवार समुदायमा रहेका सामाजिक विधि व्यवहार सम्बन्धी तडकभडक हटाउँन इस्तिहार जारी गरेका थिए । जसमा नेवार समुदायलाई केवल जातको रुपमा मात्र चित्रण गरेको छ । अर्का राणा प्रधानमन्त्री जुद्ध शम्सेर (सन् १९३२–१९४५) ले वि.सं. १९९३ मा जारी गरेको इस्तिहारमा सबै वर्ण र जातजातिहरुको समग्र रुप नै नेवार समुदाय भएको स्वीकार गरिएको छ ।

मल्ल वंशको अन्त्य गरी पृथ्वीनारायण शाहले शासन सत्ता आप्नो हातमा लिए पछि नेवारहरु अल्पसंख्यामा रहन गएकाले हरेक क्षेत्रमा उत्पीडन र दबाब सहनु पर्ने बाध्यताको सृजना भएको थियो । यसबाट नेवारहरुको सामाजिक, साँस्कृतिक, आर्थिक जीवनमा नकारात्मक प्रभाव पर्न गएको थियो । अहिले मात्र नेवारहरु पनि सत्ता र प्रशासनिक निकायमा पुग्न सफल भएका छन् । यतिमा मात्र सन्तुष्ट भई बस्ने अवस्था छैन ।  

                   

स्रोेत, 

१. डा. तुलसी नारायण श्रेष्ठ, नेपालका नेवारहरु, पहिचान र पृष्ठभूमि, २०६६

२. प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, नेपालको प्राचीन र मध्यकालीन इतिहास, २०६८

  


Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड